झापाका ३७ पर्यटकीय क्षेत्रको विकासका लागि १५ करोड
भद्रपुर, झापा । सरकारले चालू आर्थिक वर्ष ०७६÷०७७ मा झापाका पर्यटकीय क्षेत्रको विकासका लागि १५ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्वर १ मार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकासका लागि त्यति बजेट छुट्याइएको हो ।
सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकामा छुट्टिएको छ । स्थानीय सरकारसँग साझेदारी गर्ने गरी मेचीनगरका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको नेपाल पर्यटन वोर्ड काँकरभिट्टाकी निमित्त कार्यालय प्रमुख सुस्मिता दाहालले जानकारी दिनुभयो ।
झापाका १३ वटा पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम भइरहेको दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार झापाको कमल गाउँपालिका वार्ड नं ५ स्थित आदिवासी जनजाति स्मृति पार्क निर्माणका लागि २० लाख, गौरादह–५मा रहेको मदन भण्डारी पार्क निर्माण क्रमागततर्फ ५० लाख, दमक नगरपालिका–२ मा रहेको शहीद पार्क निर्माण क्रमागतको लागि १० लाख, हल्दिवारी–५ मा रहेको सोडागन्धी सिमसार पर्यटन प्रवद्र्धनका लागि १५ लाख, बिर्तामोड–१० मा रहेको मधुपोखरी पर्यटन क्षेत्रको विकासका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी, भद्रपुर १० को चन्द्रगढी सिमसार संरक्षण तथा पर्यापर्यटनका लागि २० लाख, शिवसताक्षी ११ को सतासीधाम धार्मिक तथा पर्यटकीय स्थल पूर्वाधार निर्माणका लागि २५ लाख, गौरीगञ्ज–२ मा रहेको चवन्नी सिमसार क्षेत्र तथा कछुवा संरक्षण केन्द्रका लागि २० लाख, कनकाई नगरपालिका –९ मा रहेको कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्वद्धन केन्द्र स्थापनाका लागि ५० लाख, महाभारा सिमसार पर्यटकीय क्षेत्र विकासका लागि २० लाख, हल्दिबारीको पाथीभरा सिद्धकाली धार्मिक तथा पर्यटन पूर्वाधार विकास प्रवद्र्धनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
शिवसताक्षी दोमुखाको बहुसांस्कृतिक उद्यान निर्माणका लागि ५० लाख, गौरादहको हात्तीडुब्बा सिमसार तथा पर्यटकीय क्षेत्र विकासका लागि २० लाख, शिवसताक्षीकै फूलवारी सिमसार क्षेत्र प्रर्वद्धनका लागि २० लाख, दमकमा रहेको शहीद हरि स्मृति प्रतिष्ठानका लागि ३० लाख, भद्रपुरमा रहेको कमलधाप सिमसार पर्यटन पूर्वाधार विकासका लागि एक करोड, कनकाई ८ मा वनभोजस्थल निर्माणका लागि ८० लाख, भद्रपुर १ को दियालो पर्यावरणीय तथा पर्यटकीय सिमसार क्षेत्र निर्माणका लागि ४० लाख, गौरादह १ को गौरादह पोखरी पर्यटकीय स्थल निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै वुद्धशान्ति गाउँपालिकामा धारागोला भ्यू टावर निर्माणका लागि ३० लाख, बिर्तामोड नगरपालिकामा रहेको बिराट पोखरीमा पर्यापर्यटन क्षेत्र निर्माणका लागि ३० लाख, मेचीनगर ११ र १२ रहेको कालिका सिमसार तथा पर्यापर्यटन विकासका लागि ५० लाख, कचनकवल–७ बनियानीमा रहेको वाल उद्यान पार्क निर्माणका लागि ५० लाख, अर्जुनधारा १ मा रहेको हलुवागढ सिमसार तथा पर्यापर्यटन विकासका लागि ५० लाख, दमक ४ को आलेख पार्क निर्माणका लागि ५० लाख, बुद्धशान्ति–७ को जरेवर पर्यटकीय पार्क निर्माणका लागि ३० लाख, गौरादह–३ मा रहेको धिमधिमे होली सिमसार निर्माणका लागि २० लाख, कनकाई नगरपालिकामा रहेको रानीवन पर्यटकीय क्षेत्र विकासका लागि १० लाख, मेचीनगर ६ मा रहेको बीपी पुष्पलाल बाटिका तथा शहीद स्मृति प्रतिष्ठानका लागि २५ लाख, कनकाई नगरपालिकामा रहेको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि १० लाख, दमकमा रहेको धनेश्वर सामुदायिक पार्क पूर्वाधार विकासका लागि ३० लाख, दमक–९ मा रहेको कदम थीएटर वहु सांस्कृतिक स्याउपाखा नाट्यघर निर्माणका लागि ६० लाख, अर्जुनधारामा रहेको कैंदले वन पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख, मेचीनगरमा रहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकासका लागि ५० लाख, बुद्धशान्ति–५ मा रहेको पाँच पोखरी सिमसार तथा पर्यापर्यटन क्षेत्रका लागि ५० लाख र अर्जुनधारा नगरपालिकामा रहेको सुखानी शहीद स्मृति पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
झापाका बाह्रदशी र गौरीगञ्जमा यो बजेट पर्न सकेन । कतिपय पर्यटकीय क्षेत्रको नयाँ निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने केही पर्यटकीय क्षेत्रको क्रमागत विकासका लागि बजेट विनियोजन गरिएको नेपाल पर्यटन कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्