अल्पसंख्यक तथा सिमान्तकृत नागरिकको अधिकार सुनिश्चित गर्न सरकारले विशेष कार्यक्रम ल्याउने :मन्त्री गुरूङ
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले समाजका अल्पसंख्यक तथा सिमान्तकृत नागरिकको अधिकार सुनिश्चित गर्न सरकारले विशेष कार्यक्रमहरू ल्याउने बताउनुभएको छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आजदेखि सुरू भएको मानवअधिकार राष्ट्रिय महाभेलाको उद्घाटनका अवसरमा आज काठमाडाँैमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक तथा अधिकारमा सम्पूर्ण नागरिकको समान पहुँच पर्याउन सरकारले विशेष कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो ।
मन्त्री गुरूङले मानव अधिकारको सुनिश्चितताका लागि सरकार, गैह्रसरकारी संस्थाहरू तथा नागरिक समाजले समाजमा पछाडि परेका वर्ग र समूदायका नागरिकलाई लक्षित गरी सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले देशको संघीय संरचना अनुरूप मानव अधिकार आयोगको संरचना तथा भूमिका परिवर्तन गर्न सरकारका तर्फबाट प¥याप्त सहयोग हुन नसक्दा आयोगको भूमिका कमजोर हुँदै गएको र देशमा दण्डहिनता बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार रक्षाका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत राष्ट्रिय मानव अधिकार सम्मान पुरस्कारबाट डा. गौरीशंकरलाल दास, पद्यरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार बाट डा. मथुराप्रसाद श्रेष्ठ र शान्तालक्ष्मी श्रेष्ठ महिला राष्ट्रि मानव अधिकार पुरस्कारबाट गंगा कसजूलाई सम्मान गरिएको थियो ।
मानव अधिकारका क्षेत्रमा क्रियाशील देशका २ सय भन्दा वढी संघ– संस्था एवं विभिन्न अन्तराष्ट्रिय नियोगहरू सहभागी महाभेला एक हप्तासम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्