आज सागको पाँचौं दिन, यी १७ खेलमा प्रतिश्पर्धा हुँदै
काठमाडौँ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज पाँचौं दिन, विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको पाँचौं दिन काठमाडौं र पोखरा गरि कुल १७ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सागमा बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,फुटबल,गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।
चौंथो दिनसम्म भारतले ३७ स्वर्णसहित अग्रता बनाएको छ । २९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्