तपाईँ सुन्दै हुनुहुन्छः

लम्जुङ सुन्दरबजार –२ मा नेकपाका श्रेष्ठ विजयी

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– २ मा वडाध्यक्ष पदको लागि आज भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ४४२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाका अनुसार दुई हजार २९७ मतदाता रहेको सो वडामा ६६ दशमलव ३ प्रतिशत अर्थात एक हजार ५२३ मत खसेको थियो । खसेको मतमध्ये १२ मत बदर भएको उहाँले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button