भोलिभियाको इन्धन प्रसोधन केन्द्रमा झडप, ८ को मृत्यू
काठमाडौं । बोलिभयाका पूर्व राष्ट्रपति इभो मोरालिस समर्थक र सुरक्षाकर्मीबीच एक इन्धन प्रशोधन केन्द्रमा भएको झडपमा ८ जनाको मृत्यू भएको छ ।
अन्तरिम राष्ट्रपति जिएनिन एनिजको राजिनामाको माग राख्दै मोरालिसका समर्थकहरुले विगत केही दिनदेखि बोलिभयाको विभिन्न स्थानमा प्रदर्शन गर्दैआएका छन् ।
यसै बीच विश्वव्यापी मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनले चिलीमा विगत एक महिनादेखि जारी प्रदर्शनमा भएको मानव अधिकार उल्लंघन सम्बन्धमा एक प्रतिवेदन प्रकाशित गरेको छ ।
प्रतिवेदनका अनुुसार चिलीमा गत महिना सुरु भएको सरकार विरोधी प्रदर्शनमा हालसम्म २२ जनाको मृत्यु भएको छ भने २ हजार भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्