तपाईँ सुन्दै हुनुहुन्छः

घट्याे सुनको मुल्य,हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घट्दै ७२ हजार रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ ।

चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ६० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button