बगनासकाली प्रदेशकै तेश्रो पुर्ण संंस्थागत सुत्केरी गाउँपालिका घोषित

पाल्पा – बगनासकाली गाउँपालिका पूर्ण संंस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ । बुधबार एक भव्य कार्यक्रम बिच घोषण भएको हो ।
बगनासकाली गाउँपालिका पूर्ण संंस्थागत सुत्केरी प्रदेश न ५ कै तेश्रो गाउँपालिका समेत भएको छ । पालीका भित्रका ९ ओटै वडा यस अघि नै घोषणा भै सकेका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुुख मणिराम अधिकारीले स्वास्थ्य सम्बन्धी प्रगती र पुर्ण संंस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नलाइ स्वास्थ्य शाखाले गरेका कार्य प्रगतीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य संस्थामा नियमित गर्भ जाच गरी स्वास्थ्य संस्थामै सुत्केरी हुदा आमा र शिशु दुबैको स्वास्थ्य राम्रो हुने भएकाले गाउँपालिकाले यो अभियान बढाएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्