तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस : नेपालमा बालबालिकाको अवस्थामा सुधार

काठमाडौँ – नेपालमा बालबालिकाको अवस्थामा सुधार आएको एक प्रतिवदेनले देखाएको छ ।  अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा राष्ट्रिय बाल अधिकार परिषदले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको “नेपालमा बालबालिकाको स्थिति ” प्रतिवेदनमा बाल विकास , बाल सहभागिता, बाल संरक्षणलगायत उनीहरुको शिक्षा , स्वास्थ्यजस्ता क्षेत्रमा अधिकार सुनिश्चित हुँदै गएको उल्लेख छ ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै राष्ट्रिय बाल अधिकार परिषदका प्रशासकिय प्रमूख कृष्णप्रसाद भुषालले बालबालिकाको अवस्थामा सुधार हुँदै गएको देखिएपनि बालबालिकाको पोषण, शिक्षामा निरन्तरता र अझै ३० प्रतिशत बालबालिका खोपबाट बञ्चित देखिएको जानकारी दिनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाल अधिकार सुनिश्चित गर्न नागरिक समाज, अधिकारकर्मि लगायतका सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको भन्नुहुँदै सरकार बिभिन्न ऐन कानुन र नीति बनाएर बाल अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

बरिष्ठ मानवअधिकारकर्मि गौरी प्रधानले बाल अधिकार संरक्षणमा सुधार ल्याउन सरकारले गरेको प्रयास स्वाग्तयोग्य रहेको र बाल अधिकार संरक्षणका नाममा बालगृह स्थापना गरी केवल व्यक्तिगत लाभ लिने विकृत मानसिकता पनि देखिएकाले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button