तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक सुरु

Image may contain: people sitting, table and indoor

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी– नेकपा सचिवालयको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टी संगठनका एकतासम्बन्धी बाँकी कामका बारेमा छलफल भईरहेको जनाइएको छ ।

बैठकमा सचिवालय सदस्यहरु बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलबाहेक सचिवालयका सबै नेताहरु सहभागी हुनुहुन्छ ।

यसअघि आज बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ ।

छलफलपछि दुबै अध्यक्ष राष्ट्रपति विद्यादेबी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो । सम्भवत आज साँझसम्ममा मन्त्रिपरिषदको पुनर्गठन हुने र आजै नवनियुक्त मन्त्रीहरुको शपथ हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button