तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा मोटरेवल पुल र रंगशालाको निर्माण कार्य शुरु

भोजपुर – भोजपुर सदरमुकामबाट जिल्लाको दक्षिण मानेभञ्ज्याङ हुदँै घोरेटार जोड्ने सडक अन्तर्गत भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सार र रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङ जोड्ने पिखुवा खोलामा मोटरेवल पुलको निमार्ण कार्य शुरु गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत पुल निमार्णको काम मार्सेली निमार्ण सेवाले पाएको छ । ६ करोड १३ लाख ५३ हजार ५३ रुपैया बरावरको लागतमा पुलको निर्माण कार्य शुरु भएको हो ।

निर्माणाधिन पुलको १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राई तथा संघीय सांसद सुदन किरातीले आइतवार शिलन्यास गरेसँगै पुलको निर्माण कार्य शुरु भएको पूर्वाधार बिकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेडडीले बताए ।्

पुलको निमार्ण कार्य आगामी २०७८ साल असारसम्म भित्रमा सम्पन्न गरी सक्नु पर्ने र पुलको लम्बाई ८६.३ मिटर हुने प्रमुख रेडडीले बताए । निमार्ण कार्यमा अवरोध नभएमा तोकिएको समयमा नै पुल बनाउने ठेकेदार कम्पनी मार्सेली निर्माण सेवाले जनाएको छ ।

उक्त पुल निर्माण भए पछि सदरमुकामबाट दक्षिणमा रहेका रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिका आवत जावतमा सहजता हुनेछ ।

अन्तराष्ट्रिय स्तरको रंगशालाको निर्माण शुरु
यता भोजपुर नगरपालिका वडा नम्वर ७ कोदार अन्तराष्ट्रिय प्रतियोगितासमेत संचालन हुने गरी रंगशालाको निर्माण कार्य पनि शुरु भएको छ ।

रंगशाला प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख लागतमा निर्माण हुने भएको हो । रंगशालाको २०८० सालसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित काम शुरु भएको हो ।

भोजपुर सदरमुकाममा रहेको स्थानिय टुँडिखेलमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताहरु संचालन गर्न समस्या भए पछि अर्को ठाउँमा तत्कालिन जिल्ला बिकास समितिले रंगशाला निर्माणका लागि जग्गा खरिद गरेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताए ।

उनले भने अव रंगशाला निर्माणका लागि यस भन्दा अगाडी पनि काम त भएको छ, अब प्रदेश सरकारबाट आएको बजेटले रंगशालाको निर्माण कार्य सम्पन्न भएमा जिल्लामा अन्तराष्ट्रिय प्रतियोगिताहरु समेत संचालन गर्न सकिने बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button