तपाईँ सुन्दै हुनुहुन्छः

आफु अलोकप्रिय भए पनि कम ऋण लिएर राज्यको खर्च धान्ने नीति लिएको अर्थमन्त्रीको दाबी

Image may contain: 4 people

काठमाडौँ – “स्वच्छ कर प्रशासनः विकास र सुशासन ” भन्ने नाराका साथ आज आठौ कर दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

दिवसका अवसरमा आन्तरिक राजस्व विभागले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा आँच नआउने नीति अनुरुप सरकार अघि बढिरहेको बताउनुभयो ।

Image may contain: 1 person

करको दायरा बढाएर आफु अलोकप्रिय बनेपनि अहिले ऋण कम गरेर राजस्वबाट धेरै सार्वजनिक खर्च धानिरहेको बताउनुहुँदै अर्थमन्त्री डा. खतिवडाले राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारो हुनु स्वभाविक रहेको भन्नुहुँदै सरकार देशलाई अध्यारोबाट उज्यालोतर्फ अघि बढाउन उद्धत रहेको बताउनुभयो ।

उहाले पारदर्शिता र सुशासन कायम गरि मुलुकको समग्र आर्थिक विकासका लागि अनौपचारिक क्षेत्रमा रहेका व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउन सरकारले दिएको अवसर उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

Image may contain: 22 people, including Tulsi Mainali, people smiling

कार्यक्रममा अर्थसचिव राजन खनाल , राजस्व सचिव शिशिरकुमार ढुंगाना र विभागका महानिर्देशक विनोदबहादुर कुँवरले पछिल्लो समय कर प्रणालीमा अभुतपूर्व सुधार भएको जानकारी दिनुहुँदै थप सुधार गर्न करदाता शिक्षा र प्रविधिमैत्रि सेवामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रशासनमा धेरै सुधार भएपनि पछिल्लो समय लिएका अनिवार्य प्यान कार्ड, ढुवानीका सवारी साधनलाई अनलाइन निगरानी, भन्सारका दरमा बीच(बीचमा हुने परिवर्तन जस्ता विषयमा सुधार गर्नपर्नेमा जोड दिनुभयो । उहाहरुले सरकारले परिकल्पना गरेको राजस्व बोर्ड शीघ्र गठन गर्नपनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Image may contain: 15 people, crowd

दिवसका अवसरमा १५ विधामा उत्कृष्ट करदाता र कर प्रशासनमा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button