तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक सुरक्षा योजनाले २० वर्षमा सबैलाई पेन्सन दिनसक्छ’

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाले आगामी २० वर्ष भित्रमा सम्पूर्ण नेपालीलाई पेन्सन सहितको सामाजिक सुरक्षा दिनसक्ने बताउनुभएको छ ।

मानव श्रोत समाज नेपालले आज काठमाडौमा गरेको छलफलमा मन्त्री विष्टले सरकारको योजना अनुरूप सबै संगठित क्षेत्र तथा स्वरोजगार मुलक व्यवसायमा काम गर्ने श्रमिकहरूलाई योजनामा समेट्न सकेमा आगामी २० वर्षमा सम्पूर्ण नेपालीलाई स्वास्थ्य उपचार, शिक्षा, पोषण तथा पेन्सनको सुविधा दिन सक्ने बताउनुभयो ।

सरकारले निर्धारण गरेको समयभित्र सम्पूर्ण श्रमिकहरू सामाजिक सुरक्षा योजनामा सहभागि भए श्रमिकको योगदानबाट निर्माण हुने कोषले नै योजनाको सम्पूर्ण खर्च धान्न सक्नेगरी व्यवस्था मिलाईएको मन्त्री विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button