तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा किवी खेतीमा आर्कषण बढ्दो

सल्यान – सल्यानका किसानहरुको किवी खेतीमा आर्कषण बढ्दै गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका २ बुराँसेमा किवी खेती व्यवसायिक रुपमा उत्पादन हुने थालेपछि किसानहरुको किवी खेतीमा आर्कषण बढ्दै गएको हो ।

किवी फलको राजाको रुपमासमेत चिनिन्छ । व्यवसायिक किवी खेती गरी रहेका बुराँसेका किसानहरुले वार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । फल र बिरुवाबाट वार्षिक २० देखि २५ लाख भन्दा बढी आम्दानी हुने गरेको किसान तेज बहादुर योगीले बताए । बुराँसेको गाउँमा अहिले चार हजार दुई भन्दा बढी किवीका विरुवा रहेको उनले बताए । योगीले मात्रै ३५ रोपनी क्षेत्रफलमा किवी खेती गर्दै आइरहनु भएको छ ।

किविको बिरुवा प्रतिगोटा तीन सयसम्म बिक्री हुने गरेको अर्का किसान जलेश्वरी बस्नेतले बताए । किवीको बजारीकरणको खासै समस्या नभएको बताउदै बस्नेतले प्रतिकिलो चार सयका दरले काठमाण्डौ, चितवन, पोखरा पठाई रहेको बताए ।

बुराँसेलाई किबिको पकेट क्षेत्रका रुपमा विकास गर्न कृषि मन्त्रालय र कृषि विकास कार्यालयसँग छलफल भई रहेको चित्र बहादुर केसीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button