तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल ब्याडमिन्टन संघको आयोजनामा अन्तर्रा्ष्ट्रिय च्यालेन्ज हुने

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक अन्तर्रा्ष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्रा्ष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो ।

२५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ सय ४९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल सहित, भारत, जापान, थाइल्यान्ड, कोरिया, रशिया, बंगलादेश, युएसए, क्यानडा, मालदिभ्स, युक्रेन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, मलेसिया, ट्रर्की, इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र इंग्ल्यान्डका खेलाडीको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button