पाँच हजार लिटर घरेलु मदिरा नष्ट
सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साविकको रामनगर भुटाहामा रहेको भुटाहा प्रहरीले पाँच हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । भुटाहा प्रहरी चौकीले बरामद भएको पाँच हजार लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ आज शुक्रबार नष्ट गरेको हो ।
हरिनगर १ मलहा टोलमा बिहानको समयमा गस्ती टोलिले घरेलु मदिरा बरामद गरि नष्ट गरिएको प्रहरी चौकी भुटाहाका प्रमुख कुज्य प्रसाद कटेलले बताए ।
प्रहरी चौकी भुटाहाका अनुसार मलहा टोलमा घरेलु मदिराका कारण दिनहुँ झै–झगडा हुने गरेको कारण गस्ती टोलिले नियन्त्रणमा लिई घरेलु मदिरा नष्ट गरि आधा मदिरा जिल्ला पठाएकोे जनाए ।
घरेलु मदिराका कारण समाजमा बिभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाई गरिएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेको अनुसार गाउँघरमा लगाइएको गाँजाको बोट पनि नस्ट गर्न प्रहरी लागि परेको छ ।








प्रतिक्रिया राख्नुहोस्