तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन २०७६ : प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता   

पोखरा, २१ कात्तिक –  कास्की क्षेत्र २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनका लागि आज पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलका उम्मेदवार आआफ्ना नेता र कार्यकर्ताकासाथ दलको झण्डा, मतदान चिह्नका साथै गाजाबाजाका उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।

नेकपाबाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, राप्रपाबाट रोमबहादुर भण्डारी, विवेकशील नेपाली पार्टीबाट जमुना केसी, साझा पार्टीबाट रजनी शर्मा र मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button