नेपाली बजारमा सुनको मूल्य फेरि घट्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भएको सुन आज २ सय रुपैंयाले घटेर ७० हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ६५ रुपैंयामा कारोबार भैरहेको छ । चाँदीको मूल्य ५ रुपैंयाले घटेको हो ।








प्रतिक्रिया राख्नुहोस्