तपाईँ सुन्दै हुनुहुन्छः

इंग्ल्याण्डको क्रिकेट क्लबसँग नेपालको यु १९ क्रिकेट टिम ३८ रनले पराजित

काठमाडौं । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबसँग नेपालको यु १९ क्रिकेट टिम ३८ रनले पराजित भएको छ ।

भारतमा हुने च्यालेन्र्स ट्रफि खेल्न जाने नेपाली यु १९ टिमले एमसीसीसँग खेलेको हो । एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले निर्धा्रित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वा्धिक ५१ रन बनाए भने कप्तान ऋत गौतम ४३ रनमा आउट भए । नेपालका लागि अरुण ऐरी र आकाश चन्दले ३०÷३० तथा खडक बोहराले २५ रन जोड्दा लोकेश बम १४ रनमा पेभेलियन फर्किएका थिए । विशाल केसीले १३ रन बनाउँदा कुशलम मल्लले ६ रनको योगदान गरेका थिए । प्रतिश जिसीले ४ रन बनाएका थिए । अन्तिमसम्म क्रिजमा शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे ।

टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको एमसीसीले त्रिवि क्रिकेट मैदानमा निर्धा्रित ओभरमा एमसीसीले ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो । नेपाल यु १९ विरुद्ध शानदार सुरुवात गरेको एमसीसीले १५ ओभरमा एक सय रन पार गरेको थियो । एमसीसीको रन गतिमा नेपालका सागर ढकालले ब्रेक लगाएका थिए । सागर ढकाल र शेर मल्लले दुई दुई विकेट लिँदा कुशल मल्ल र आकाश चन्दले एक–एक विकेट लिएका छन् । एमसीसीसँग सोमबार नेपालको सिनियर टिमले एक दिवसीय प्रतियोगिता खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button