छठ पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना

कञ्चनपुर –सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वका अवसरमा प्रदेशवासीलाई शुभकामना प्रदान गर्नु भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट शुभकामना वक्तव्य जारी गर्दै उहाँले नेपालीको महत्वपूर्ण पर्व छठको अवसरमा सामाजिक सद्भाव, सामाजिक न्याय, सुशासन एवं प्रदेशको समग्र विकास तथा प्रदेशवासीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री भट्टले छठपर्वले सबैमा खुसी साटासाटका साथै सामाजिक सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्