तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपियोले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

सर्लाही – सर्लाहीमा स्कारपियोले मोटरसाईकलाई ठक्कर दिदाँ एक जना युवकको मृत्यु भएको छ । हरिपुर नगरपालिका वडा नं. ६ स्थित लक्ष्मिपुरमा बिहिबार विहान ९ः०० बजे मलंगवा नवलपुर सडकखण्डमा मलंगवाबाट नवलपुर जादैँ गरेको बि आर ०६ पि डि ५९२२ नम्बरको भारतीय स्कारपियोले बिपरित दिशाबाट आईरहेको बा ६९ प ४८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ हरिपुर नगरपालिका वडा नं. २ बस्ने अन्दाजी २८ वर्षिय आशिष कुमार पौडेल गम्भिर घाईते भएका थिए ।

घाईते पौडेललाई प्राथमिक उपचार केन्द्र हरिपुरमा समान्य उपचार पश्चात थप उपचारको लागि नमुना अस्पताल हरिवनमा उपचारको क्रममा आज बिहान सावा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो ।

मोटरसाईकललाई ठक्कर दिने स्कारपियो र स्कारपियोको चालक भारतको बिहारस्थित समस्तीपुर जिल्ला ग्राम ओइरी बस्ने २० वर्षिय अजय कुमार ईलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक पालले बताउनुभयो ।

अहिले मृत्क पौडेलको शव पोष्टमाटमका लागि मलंगवा अस्पतालमा राखिएको तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button