आर्थिक समृद्धि नै सरकारको पहिलो लक्ष्य हो :मन्त्री पण्डित

बिराटनगर – संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मुलुकको आर्थिक समृद्धि नै सरकारको पहिलो लक्ष्य रहेको बताउनुभएको छ ।
बिराटनगर महानगरपालिका–२ मा निमार्ण हुुन लागेको चित्रगुुप्त तथा छठमाताको मन्दिर साथै सामुुदायिक भवनको शिलान्यास गर्नुहुदैै सरकारले मधेश समृद्धि कार्यक्रम अन्र्तगत तराई मधेशका जिल्लामा विकास निमार्णका कामलाई तिव्रता दिइरहेको बताउनुभयो ।
स्थानीय तह र प्रदेश सरकारलाई सहजरुपले समानरुपमा बजेट उपलब्ध गराएर सरकार विकास निमार्णको कामलाई जनताको घरदैलोसम्म पुुर्याउन लागि परेको मन्त्री पण्डितको भनाई थियो ।
उहाँले मठमन्दिर तथा सामुदायिक भवनको निमार्णले धर्म संस्कृतिलाई जोगाउन सहयोग पुग्ने मात्र नभई मानविय भावनाको काममा सबै समुदायलाई जोड्न सयोग पुुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले समाजलाई फाइदा पुर्याउने जस्तोसुकै पुर्वाधार निमार्णका काममा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले बिराटनगरलाई विकास र समृद्धिको सहर बनाउने महा अभियानमा महानगरपालिका लागि परेको बताउदै मन्दिर तथा भवन निमार्णको कामलाई एकबर्ष भित्र पुुरागर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्र्नुभयो । सांसद अमनलाल मोदीले सामुदायिक भवन तथा मन्दिर निमार्णका लागि संघिय सरकारबाट आफुले बजेट उपलब्ध गराएको बताउनुभयो ।
महानगरपालिका वडा . नं. २ का वडा अध्यक्ष कुमार पोखरेलको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रसभा सदस्य खेम नेपाली , प्रदेससभा सदस्य साबित्रा पराजुली, सामाजसेबी पंकज बर्मा लगायतले बोल्नु भएको थियो ।
डेढ करोड रुपैयाको लागतमा निर्माण गरिन लगोको सामुदायिक भवनको माथी मन्दिर निमार्ण हुुने छ । दुईकठा जग्गामा निमार्ण हुन लागेको सो मन्दिर तथा भवन दुईबर्ष भित्र पुरा हुने भवन निमार्ण ब्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र कर्णले बताउनुभयो । सो अवसरमा मन्दिर निमार्णको सहयोगका लागि पंकज बर्माले २ लाख ५१ हजार तथा धिरेन्द्र कर्णले ५१ हजार रुपैया सहयोग उपलब्ध गराउने घोषणा गर्र्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्