तपाईँ सुन्दै हुनुहुन्छः

भेनेजुयलाका राष्ट्रपति मदुरो र प्रम ओलीबीच भेट

बाकु (अजरबैजान) – असंलग्न आन्दोलन(नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिनुभयो । उहाँहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो ।

शिखर सम्मेलनमा भारतको नेतृत्व गर्नुभएका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि आजै भेटवार्ता भयो ।

सो अवसरमा उहाँहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गर्नुभयो ।

नाम सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो । सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button