आईसीसीको नयाँ वरियताः नेपाल यथास्थानमा
अजय बम । आईसीसीको नयाँ टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा यथावत रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ औं स्थानमा रहन सफल भएको हो ।
पछिल्लो वरितयामा नेपालले २१ खेलबाट १९० रेटीङ पाएको छ । नेपालले पछिल्लो पटक २ वटा टी २० सिरीज खेलेको थियो । जसमा सात खेलमा तीनमा जित तीनमा हार र एक नतिजा विहिन भएको थियो ।
यता एसोसियटमा भने नेपाल तेस्रो स्थानमा छ । नेपाल भन्दा अगाडी स्कटल्याण्ड र युएई रहेका छन् । टेष्ट मान्यता पाइसकेका जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल रहेका छन ।
वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । एक दिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्