तपाईँ सुन्दै हुनुहुन्छः

गोली प्रहार गरी जनकपुरमा एकको हत्या

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १४ मुजेलियाको प्रगति नगरमा आज विहान ९ः १५ बजे गोली प्रहार गरी जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १ घर भएका वर्ष ४१ को मनोज साहको हत्या भएको छ ।

गोली प्रहारबाट घाईते भएका साहलाई प्रहरीले आफ्नो भ्यानमा राखेर जनकपुर अञ्चल अस्प्तालमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । मृतह साहको बाँया पट्टीको कोखमा गोली लागेको छ ।

ठेक्काको कामकाज गर्ने साहलाई लेनदेनको विषयमा वादबिवाद हँुदा जनकपुरकै वर्ष ३५ को पंकज चौधरीले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

प्रहरीले चौधरीलाई प्रहरीले भग्दै गरेको अवस्थामा हतियारसहित पक्राउ गरेको जनाएको छ ।

मूल ठेकेदारको कामकाज चौधरीले गर्दै आएको छ भने मृतक साह पेटी ठेकेदार रुपमा कामकाज गर्दै आएको प्रहरीले जनाएको छ । उता प्रहरीले घटना स्थलबाट दुईथान पेस्तोल १९ राउण्ड गोली तथा पड्केको अन्य दुई राउण्ड गोलीको खोका पनि बरामद गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी बताउनुभयो  ।

घटनाका थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button