निर्माण शुरु भएको २३ वर्षपछि खानेपानीको आयोजना सम्पन्न

पर्वत । पर्वतको एक गाउँमा काम शुरु भएको २३ वर्षपछि खानेपानीको आयोजना पुरा भएको छ । जिल्लाको बिहादी गाउँपालिका २ बर्राचौरमा लिसे गैह्रा खानेपानी आयोजनाको काम २३ बर्षपछि पुरा भएको हो ।
खिानेपानीको मुलको बिबादका कारण २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पुरा भएपछि बिचमै अलपत्र परेको थियो ।
पछिल्लो समयमा मुलको बिबाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसरफाई परियोजना(दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको हो ।
आयोजना सम्पन्न भएपछि दुई वडाका १ सय ९३ घरमा घरघरै धारा निर्माण गरिएको छ भने बिद्यालय, सार्वजनिक संस्था, मन्दिरहरुमा सामुदायिक धारा समेत बनेका छन । २०४२÷०४३ सालमा नै खानेपानीको योजनाको सर्बेक्षण भएपनि निर्माण हुन नसकेको तर २०५३ मा निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताउनुभयो ।
पर्वत जिल्लामा खानेपानीको ठुलो समस्या रहेको गाउँ मध्येको एक हो बर्राचौर र रानीपानीको उपल्लो क्षेत्र । बिहान एक गाग्री पानी ल्याउँनका लागि यहाँका बासिन्दाले आधा घण्टा भन्दा बढी समय बिताउनुपर्ने बाध्यता थियो ।
योजना सम्पन्न भएसंगै सबैभन्दा बढी महिला खुसी भएका छन । खानेपानी योजना १ करोड ४३ लाख रुपैंयाको लागतमा सम्पन्न भएको छ । त्यस मध्ये उपभोक्ताले जनश्रमदान र नगद गरि ५० लाख भन्दा बढी खर्च गरेका छन । खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुबिधा पु¥याउने लक्ष्य राखिएको बर्राचौर वडा नं २ का अध्यक्ष ओमबहादुर कुवँरले बताउनुभयो ।
बिहादी गाउँपालिकाका केही वडामा खानेपानीको अधिक समस्या भएकाले पालिकाले समस्या पहिचान गरि एक घर एक धारा निर्माणको काम गरिरकेको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्