तपाईँ सुन्दै हुनुहुन्छः

विधुत चुहावट कार्यमा संलग्न ४३ जना पक्राउ


बारा – बारा प्रहरीले बिद्युत चुहावट गर्ने ४३ जनालाई करैयामाई गाउँपालिकाबाट आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल र नेपाल बिद्युत प्राधिकरण कलैया वितरण केन्द्र , सशस्त्र प्रहरी र कर्मचारीको संयुक्त टोलीले करैयामाई गाउँपालिकाको बिभिन्न वडाहरुबाट बिद्युत चुहावट कार्यमा संलग्न ४३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

करैयामाई गाउँपालिकाको वडा नं.१,२,३,४,५,६,७ र ८ स्थित हरैया, ठुलो लौटन, सहजैली, मधुबन, तेतरीया, सिसुवा, ठोरीयाही, बोधबन लगायत गाँउमा अवैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउँ गरिएको हो ।

पक्राउ परेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्य बाराका प्रहरी नायब उपरिक्षक रञ्जीत सिँह राठोरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button