तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुदैँ


चितवन, रामपुर  – चितवनको रामपुरमा बाख्रा विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुदैछ । बाख्रापालनलाई व्यवसायीकरण र उत्पादनमा बृद्धि गर्नेे उद्देश्यले सम्मेलन गर्न लागिएको हो । कृषि तथा वन विश्वविद्यालय, रामपुरको परिषरमा अमेरिका क्यानडा, जापान , ईटाली, पाकिस्तान, भारत लगायत १७ देशका ११७ देशले कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । चार दिनसम्म चल्ने सम्मेलनले नेपालमा बाख्रापालनको संभावना , चुनौती र श्रोत व्यवस्थापन सम्बन्धी छलफल गर्नेछ ।

मुल आयोजक समितिका अध्यक्ष प्रोफेसर डाक्टर शारदा थपलियाले मासुको बढ्दै गएको मागलाई मध्यनजर गरी बाख्रापालनमा व्यवसायिकरण गर्नको लागि विज्ञ सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । बाख्राको खाद्य श्रोत, बाखा्रको आनुवंशिक तथा जैविक प्रजनन, स्वास्थ्य तथा रोग व्यवस्थापन र बाख्राजन्य उत्पादनको प्रविधि र विकास सम्बन्धी विधालाई समेटेर ६० मौखिक, ४३ पोष्टर सहित १सय १७ भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुनेछन । विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मुल नाराका साथ हुनगइरहेको सम्मेलनमा विश्वव्यापी रुपमा चुनौतिको रुपमा रहेको बाख्रामा लाग्ने पिपिआर रोगको नियन्त्रणको बारेमा बिशेष छलफल हुने थपलियाले बताउनुभयो ।

पछिल्लो समय विश्वमा गाईजात र सुंँगुरजातका पशुचौपायहरुमा रोग बढ्दै गएको र बाख्राको मासुमा आकर्षण बढ्दै गएकोले नेपालमा यसको संभावनाको बारेमा खोजी गरिने विश्व विद्यालयका अनुसन्धान निर्देशनालय ,प्रमुख डाक्टर नवराज देबकोटाले जानकारी दिनुभयो । उहांँका अनुसार निर्वाहमुखी बाख्रापालनबाट व्यवसायिकरण गर्न र लागत घटाई उत्पादन बढाउन सम्मेलन केन्द्रीत रहनेछ ।

विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले नेपाल बाख्रापालनमा विश्वको कति औं स्थानमा छ भन्ने थाहापाउन सम्मेलन सहयोग सिद्ध हुने बताउनु भयो । उहांँका अनुसार बर्षेनी मासुको आयात प्रतिस्थापन गर्न र स्वच्छ गुणस्तरको मासु वितरण गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय गोट एशोशियसनका अध्यक्ष डाक्टर बेथ मिलर,उपाध्यक्ष लुसिया सेपे, चीनको हबेई कृषि विश्वबिद्यालय पशु, तथा प्रविधि कलजेका डीन प्राडा यिङ्गजी झाङ्ग,जापानको मिजो विश्वविद्यालय प्रोफेसर योशिहाकी हायासी लगायत अन्य देशका विश्वविद्यालयका विशिष्ट बैत्रानिक,प्राज्ञ, र विद्यार्थीसहित १७ देशका ३०० जनाको सहभागिता रहनेछ ।

सन् २०१८ को तथ्यांक अनुसार नेपालमा १ करोड २८ लाख बाख्रा रहेका छन । नेपालमा बिशेषगरी स्थानीय खरी, जमुनापारी,च्यांग्रा, सिन्हाल र बोयर जातको बाख्रा उत्पादन गरिदै आएको छ । विश्वविद्यालयले यसअघि अन्र्तराष्ट्रिय पोल्ट्री सम्मेलन तथा भैसी सम्मेलन गरिसकेको छ । आगामी बर्ष बाख्रा विज्ञहरुको अन्र्तराष्ट्रिय सम्मेलन हंगेरीमा हुने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button