महोत्तरीमा छुटाछुटै दुर्घटना : तीनको मृत्यु
महोत्तरी । महोत्तरीमा भएको छुटाछुटै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सम्सीकोे गाउँपालिका २ स्थित पर्सादेवाडमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ज १ क ४६६ नम्बरको टिपरको ठक्करबाट १० बर्षिय बालक शेषवकासको मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोतरीको बर्दिवास नगरपालिका ११ स्थित ढोलन पुलमा बिहिवार अवेर राती मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाईकल चालक र सवार दुबै जनाको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर ४ बस्ने १९ बर्षिय कल्जित महत्तो र गौशला नगरपालिका वडा नम्बर ३ बस्ने ३० बर्षिय दिलिप महत्तो रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी निशान्त थापाले जानकारी दिनुभयो ।
दुर्घटना स्थल केही दुरीमा घाईते अवस्थामा राँगो भेटिएकोले मोटरसाईल राँगोमा ठोकिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना बारेमा अनुसन्धान भैरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्