झापाका १५ वटै स्थानीय तहमा १०८ कुण्डको कोटीहोमको तयारी

भद्रपुर, झापा– झापाको धार्मिकस्थल सताक्षीधाममा सरकारी स्तरबाटै १०८ कुण्डको कोटिहोम हुने भएको छ । माहाभारतकालीन इतिहाससँग जोडिएको सताक्षीधाममा झापाका १५ वटै स्थानीय तहको आयोजनामा कोटीहोमको तयारी गरिएको हो ।
गोलोक गोवद्र्धन गौशालाले जिल्लाका सबै स्थानीय सरकारसँग कोटीहोमबारे छलफल गरेपछि उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्द किशोर भारद्वाजले जानकारी दिनुभएको छ ।
शिवसताक्षी नगरपालिकामा जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको बैठकले कोटीहोम सम्पन्न गर्न सताक्षीधाम धार्मिक महोत्सव एवम् १०८ कुण्ड कोटीहोम मूल आयोजक समारोह समिति गठन गरेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा सहसंयोजक रहेको सो समितिमा सतासीधाम मन्दिर बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा सदस्य सचिव चयन भएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना हुन लागेको सो कार्यक्रममा श्रीमद्देवीभागवत संगीतमय कथासमेत हुने गोलोक गोवद्र्धन गौसालाका अध्यक्ष तथा सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डीय कोटिहोमका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले बताउनुभयो ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यो कार्यक्रमले विश्वमा विषेश महत्व राख्ने र कोटीहोमकै माध्यमबाट झापाका पर्यटकीय क्षेत्रमा ३० हजार बिदेशी पर्यटक भित्र्याउने तयारी गरिएको मूल आयोजक समितिका संयाजक पोर्तेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्