बिप्लब समूहका २१ जना नेता कार्यकर्ता पक्राउ
घोराही । बिप्लब समुहका २१ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । बुधबार राती दाङको राजपुर गाउँपालिका ४ मरैठा भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
जंगलको एकान्त स्थानमा रहेको घरमा प्रशिक्षणका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रमुख भट्टराईले जानकारी दिनुभएको छ । पक्राउ परेका नेता कार्यकर्तालाई घोराही ल्याउन लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेता कार्यकर्ताको नाम नखुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई घोराही ल्याएर आबश्यक कारबाही प्रक्रिया अगाडि बढाउने दाङ प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्