राजपा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्न लागेको हो ।
बैठकमा पार्टीको आन्तरिक विवाद, महाधिवेशन र समाजवादी पार्टीसँग एकीकरण लगायतका विषयमा छलफल हुने राजपाले जनाएको छ ।
त्यसैगरी आसन्न महाधिवेशन, संसदमा पार्टीको भूमिका, प्रदेश २ सरकार सञ्चालनको समीक्षा, प्रदेशको नामाकरण र राजधानीका विषयमा पनि छलफल हुने पार्टी संयोजक राजकिशोर यादवले जानकारी दिनुभयो ।
राजपाका महामन्त्री केशव झा लगायका केही नेताहरूले राजनीतिक समितिको बैठकको तीव्र विरोध गर्दै आएका छन् ।
पार्टीमा विवादको निरुपण नभएमा छुट्टै पार्टी बनाएर अघि बढ्नेसम्मको चेतावनी दिएपछि यसअघिको बैठक स्थगित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्