सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ६५ हजार रुपैयाँ पुगेको हो ।
केही दिन यता बढ्दै आएको सुन को मुल्य बुधवारयता लगातार दैनिक हजार रुपैयाँले बढेको छ । सुनको बजार मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ ।
प्रतिक्रिया राख्नुहोस्