साँढे चार लाख पर्यटकबाट नेपाल भ्रमण
काठमाडौं । अंग्रेजी महिनाको पहिलो ४ महिना जनवरीदेखि अप्रिलसम्ममा करिब साँढे ४ लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा कूल ४ लाख ४५ हजार १ सय ९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
अघिल्लो वर्ष ४ महिनामा ३ लाख ८६ हजार ३० जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस वर्ष अघिल्लो वर्षको तुलामा १५.३० प्रतिशत बढी पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ ।
४ महिनामा भारतभन्दा चीनबाट बढी पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा ६४ हजार ५ सय ७८ जना चिनियाँ पर्यटक आएका छन् ।
भारतीय पर्यटकको संख्या भने ६० हजार ४ सय ३८ रहेको छ । अमेरिकाबाट ३२ हजार ७ सय ४० पर्यटक आएका छन् ।
यस अवधिमा दक्षिण एसियाली भेगबाट ९७ हजार १ सय ६८, अमेरिकी मुलुकबाट ३९ हजार ९ सय १० पर्यटक र ओसियाना क्षेत्रबाट १४ हजार ४ सय पर्यटक नेपाल आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्