फोहोर संकलन गर्न हरियो र रातो रङको गाडी
अर्जुन श्रेष्ठ । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर संकलन गर्न हरियो र रातो रङको गाडी पठाउने भएको छ ।
महानगरबासीको घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न महानगरले दुई रङको गाडीको व्यवस्था गर्न लागेको हो ।
महानगरले गुडाउने दुई रङको गाडीमध्ये रातो गाडीले नकुहिने प्लाष्टिक, फलामजन्य फोहोर बोक्ने छ भने हरियो गाडीले कुहिने प्रकृतिको फोहोर बोक्ने महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उपभोक्ताको घरबाट निस्कने फोहोर व्यवस्थापनको लागि महानगरको ३२ वटै वडामा फोहोर व्यवस्थापनका लागि ५ सय स्वयम्सेवक समेत परिचालन गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्