खाद्य आदानप्रदान कार्यक्रमः हालसम्म २८९ परिवारलाई सहयोग
मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालनमा ल्याएको खाद्य आदान प्रदान कार्यक्रम अन्तरगत हालसम्म दुई सय ८९ परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ ।
कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजीवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको अभियान मार्फत हालसम्म दुई सय ८९ परिवारलाई सहयोग उपलब्ध गराइएको अभियानका संयोजक एवम् फाउण्डेसनका सदस्य उत्तम शर्मा न्यौपानेले जानकारी दिनुभयो ।
हेटौण्डा–४, स्थित कपुर कम्प्लेक्स अगाडि गत सोमबारबार सञ्चालित अभियान मार्फत पहिलो दिन ३० जना, दोस्रो दिन ५२ जना, तेस्रो दिन ७३ जना, चौथो दिन ५२ जना र आज पाँचौ दिन ८२ जनालाई गरी हालसम्म कुल २८९ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराइएको अभियानका संयोजक न्यौपानेले जानकारी दिनुभयो ।
फाउण्डेसनले कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका (छाक बसेका) श्रमजीवी तथा विपन्न परिवारलाई बढीमा दुई छकलाई पुग्ने गरी चामल, दाल, तेल र नून उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।
फाउण्डेसनले मानवीय कार्यका रुपमा आफ्नै लगानीबाट सुरु गरेको अभियानमा अहिले थुप्रै व्यक्ति एवम् संघ संस्थाहरुबाट सहयोग आउने क्रम समेत सुरु भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्