तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक वर्षमा ५५ हजार चालकले तिरे चार करोड जरिवाना

भद्रपुर, झापा । झापामा आर्थिक वर्ष ०७६/०७७ मा सवारी नियम उल्लङ्घन गरेबापत ५५ हजार चालकले जरिवाना तिरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरूसँग कडाइपूर्वक जरिवाना असुली गरेको हो ।

५५ हजार चालकमाथि कारबाही गर्दा एक वर्षमा चार करोड रुपैयाँभन्दा बढी राजश्व सङ्लन भएको झापा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताउनुभयो ।

ट्राफिक नियम उलङ्घन गरेपछि जरिवाना तिरेर एक पटक उन्मुक्ति पाएका सवारी चालक पटक–पटक कारबाहीमा परिरहेको ट्राफिक प्रहरीको अनुभव छ ।

यसरी सवारी नियम पालना नगर्ने चालकमाथि कारबाही तीव्र पारिए पनि दुर्घटनामा भने कमी आउन सकेको छैन । गत आर्थिक वर्षमा झापामा ६२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरी निरीक्षक जवेगुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button