तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जोखिम नियन्त्रणकालागि जनस्वास्थ्यबिज्ञहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्न सरकारले जनस्वास्थ्यबिज्ञहरुसँग आज छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित जनस्वास्थ्यविज्ञहरुसँग अहिले छलफल गरिरहनुभएको छ ।

छलफलमा २७ जना जनस्वास्थ्यविज्ञहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएपछि गएको चैत्र ११ देखि पटकपटक गरी सरकारले देशभरि लागु गरेको लकडाउन साउन ८ गतेदेखि हटाएको थियो ।

सुरक्षा सतकर्ता अपनाउदै सरकारी तथा निजी कार्यालय, सार्वजनिक यातायात र कलकारखाना खोलिए पनि सर्वसाधारणले पर्याप्त सतर्कता नअपनाउदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

सुरुसुरुमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या कम भएपनि बाहिरबाट उपत्यका भित्रिनेक्रममा बृद्धि भएपछि केही समययता संक्रमितको संख्या बढ्न थालेको छ ।

जनस्वास्थ्यबिज्ञहरुसँगको परामर्शपछि कोरोनाको जोखिम नियन्त्रणका लागि फेरि लकडाउन गर्ने वा सुरक्षाको अन्य उपायहरु लागु गर्ने भन्ने निर्णय सरकारले गर्ने बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button