तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ट्र्याकटर पल्टिदा एक जनाको मृत्यु, दुई जना घाइते

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पामा बुधबार राती ट्र्याकटर दुर्घटना भएको छ । उक्त ट्र्याकटर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि १७ वर्षीय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको छ । तनहुँकै डुम्रेबाट याम्पा जाँदै गरेको ग१त १२२४ नं को ट्र्याकटर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरूमा १७ वर्षीय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् ।

ट्र्याकटर पहिरो गएको सडकबाट करिब ६० मिटर तल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button