तनहुँको पहिरोमा घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता पौडेल पोखराको अस्पतालमा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पहिरोमा परि घाइते भएकाहरुलाई स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।गण्डकी मेडिकल कलेज पोखरामा पुगी तनहुँको व्यास नगरपालिका ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका ८ पल्ट्याङका दधिसरा थापाको स्वास्थ्य अवस्थाका बारेमा पौडेलले जानकारी लिनुभएको हो ।
घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उहाँको स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो ।आइतबार राति गएको पहिरोमा परी तनहुँमा ११ जनाले ज्यान गुमाएका थिए । दधिसरा र केशरले पनि परिवारको सदस्य गुमाएका छन । व्यास(९ माँझफाटका २० वर्षीय राजेश थापा पहिरोमा पुरिएर आइतबारदेखि बेपत्ता छन् ।








प्रतिक्रिया राख्नुहोस्