तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १० हजार सात सय १० जनाको कोरोना परीक्षण, दुई सय ७८ मा सङ्क्रमण पुष्टि

भद्रपुर, झापा । शुक्रवार अपराह्नसम्ममा झापामा १० हजार सात सय १० जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।
तीमध्ये दुई सय ७८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  परीक्षण भएकामा महिलाको सङ्ख्या दुई हजार तीन सय १० छ ।

विवरण अनुसार झापाको सदरमुकाम रहेको भद्रपुरमा सङ्क्रमितको सङ्ख्या छ जना छन् । सबैभन्दा बढी सुदूर दक्षिणी कचनकवलमा एक सय २९, मेचीनगरमा ४१ जना, बिर्तामोडमा तीन जना, कनकाईमा १०जना, अर्जुनधारामा १३, दमकमा ६ जना, गौरादहमा ११जना, शिवसताक्षीमा तीन जना, बुद्ध शान्तिमा १६, हल्दिवारीमा ११ जना , कमलमा एक जना, गौरीगञ्जमा १८, बाह्रदशीमा आठ र झापा गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

झापाका सङ्क्रमितमध्ये एक सय ७१ जना उपचारपछि घर फर्किसकेका छन् । कचनकवलकै मात्र एक सय २६ जना निको भएर घर फर्किएको चौलागाईंले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button