६० रुपैंयाँको औषधी २४ सयमा विक्री

मेलम्ची । कोरोना भाईरस (कोभिड–१९) मुलुकभर फैलिएको छ । संवेनशिल अवस्थामा सिन्धुपाल्चोकका केही मेडिकल भने कमाउ धन्दामा लागेका छन् । ती मेडिकलहरुले लकडाउनको फाईदा उठाउदैं आर्थिक अनियमिता गरिएको प्रमाण भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिका बजार क्षेत्रका मेडिकल फार्मेसीहरुको गरिएको अनुगमनमा अनियमिता भेटिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पार्ले बताउनुभयो । उहाँका अनुसार सोही नगरपालिकाको सेतीदेवी मेडिकल राम्चेले ६० रुपैंयाँ पर्ने औषधीलाई २४ सयका दरले विक्री गरेको पाइएको हो ।
‘मेडिकलले अनियमिता गरिरहेको छ भन्ने सूचनाको आधारमा हामीले नै औषधी किन्न पठाउँदा त्यस्तो प्रमाण पायौं’, नगरप्रमुख शेर्पाले भन्नुभयो । मेयर शेर्पाका अनुसार नेपाल सरकारले निशुल्क एबोसनको औषधी वितरण गरेपनि बढीमा ६० रुपैंया पर्ने औषधीलाई सेतीदेवी मेडिकलले २ हजार ४ सय रुपैंया लिएको हो । त्यस्तै सोही मेडिकलले औषधी विक्रीवितरण गर्दा विल नदिएको पाईएको छ ।
यसैगरी कुवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरेपनि सम्बन्धीत व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाईएको, सदिक्षा फार्मेसीको विरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाईएको नगर स्वास्थ्य शाखाको ठहर छ ।
प्राय सबै मेडिकल हलमा चिकिस्तको सिफारिस बिना अवैधानिक रुपमा औषधी विक्री गरेको पाईएको नगरस्वास्थ्य शाखाले जनाएको छ । हिजोको अनुगमनबाट एउटा प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय, जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ति सबै ५ वटा मेडिकलहरुलाई लिखित स्पष्टीकरणको लागि नगरस्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो । सो बमोजिम कारवाहीको प्रक्रिया समेत अघि बढाउने निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्