नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा

सुर्खेत । गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतमा आज सम्पन्न दोस्रो खेलमा पुलिसलाई जित दिलाउन सुजन बलाम्पाकी मगरले निर्णायक गोल गर्नुभयो । खेलको पहिलो हाफको अतिरिक्त समय (४६ औँ मिनेट) मा मगरले गर्नुभएको गोल नै पुलिसको जितका लागि पर्याप्त बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा रेफ्रीले कुल ५ वटा पहेँलो कार्ड देखाएका थिए । जसमा नेपाल पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकी प्रदेशका रणदीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाउनुभयो ।
यो जितसँगै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने पराजित गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्