तपाईँ सुन्दै हुनुहुन्छः

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीलाई पहिलो सफलता

मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको लिग चरणमा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । कालुन्चोक मैदानमा शनिबार बिहान सम्पन्न खेलमा एनआरएनएलाई ५ विकेटले पराजित गर्दै गण्डकीले महत्त्वपूर्ण २ अङ्क जोडेको हो ।

टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध पहिले ब्याटिङ गरेको एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनायो । एनआरएनएका लागि पवन खरेलले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन जोडे । यस्तै, नवीन तामाङले २३ बलमा २६ रन र आदित्य महताले १४ बलमा २३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क जोड्न सकेनन् । कप्तान कमलसिंह ऐरी ७ रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक ५ रनमा अविजित रहे ।

१२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । गण्डकीको जितमा ईश्वर क्षेत्रीले २७ बलमा २ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । यस्तै, वंश क्षेत्रीले २७ बलमा ३ चौकासहित अविजित २९ रनको महत्त्वपूर्ण पारी खेले । सिब्रिन श्रेष्ठले १३ बलमा २४ रन र सन्दीप खत्री क्षेत्रीले ९ बलमा १४ रन जोड्दै टोलीको जित सहज बनाए । रोहित चन्द १ रनमा अविजित रहे ।

लिग चरणको दोस्रो खेलमा पहिलो सफलता हात पारेको गण्डकी यसअघि पहिलो खेलमा मधेस प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button