तपाईँ सुन्दै हुनुहुन्छः

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोबाट प्रभावित स्थानीयका समस्या र क्षतिबारे जानकारी लिनुभएको छ।

लामो समयदेखि समस्या बनेको सुनछाप पहिरोबाट गत असोजमा थप क्षति भएपछि त्यस क्षेत्रको आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित भएको छ।

मन्त्री श्रेष्ठले स्थानीयवासीसँग छलफल गरी पहिरोका कारण उत्पन्न जोखिम र समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ।

पहिलो चरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत योजना अघि बढाउने प्रयास थालिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो।

यसअघि पर्वतका प्रतिनिधिसभा सदस्य सागर भुसालले सुनछाप पहिरो नियन्त्रणको आवश्यकता औँल्याउँदै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button