तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता : महिला बास्केटबलतर्फ ८ टिम सेमिफाइनलमा प्रवेश

मुगु । कर्णालीमा जारी दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ दुबै विधातर्फ गरी ८ वटा टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै ८ टिम भने प्रतियोगिताबाट बाहिरिएका छन् । फूल कोर्ट (५÷५) तर्फको खेलमा ४ तथा (३÷३) विधामा ४ गरी ८ वटा टिम सेमिफाइनलमा प्रवेश गरेको बास्केटबलका राष्ट्रिय सिनियर रेफ्रि राजेश महर्जनले बताए ।

उनका अनुसार फूल कोर्ट (५÷५) तर्फ एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस र त्रिभूवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै (३÷३)विधातर्फ नेपाल आर्मी, बागमती प्रदेश, एपीएफ क्लब र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

बिहीबार भएको खेलबाट फूल कोर्ट (५÷५) तर्फ गण्डकी प्रदेश, लुम्बीनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश बाहिरिएका छन् । यस्तै (३÷३) तर्फ गण्डकी प्रदेश, लुम्बीनी प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस बाहिरिएका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ क्वाटरफाइलन अन्तर्गतका खेल भएका छन् ।

शुक्रबार भएका क्वाटरफाइलन फूल कोर्ट (५÷५) तर्फ एफिएफ क्लबले गण्डकी प्रदेशलाई ७९–१२ अंकले पराजित गरेको छ ।

यस्तै फूल कोर्ट (५÷५) अन्तर्गतको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बीनी प्रदेशलाई ३९–१६ अंकले पराजित गरेको हो ।

नेपाल पुलिसले कोशी प्रदेशलाई ५५–४० अंकले पराजित गरेको छ । नेपाल आर्मीले बागमतिलाई ६७–२० अंकले पराजित गरेको छ । यस्तै (३×३) अन्तर्गतका खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई १९–६ अंकले पराजित गरेको छ ।

बागमती प्रदेशले लुम्बीनी प्रदेशलाई १४–१० को अन्तरले पराजित गर्यो । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १३–७ अंकले पराजित गरेको छ । कर्णाली प्रदेशले नेपाल पुलिसलाई १७–८ अंकले पराजित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button