तपाईँ सुन्दै हुनुहुन्छः

पुवाखोला बेलिब्रिजमा २० टनभन्दा बढी भारका सवारी सञ्चालनमा रोक

इलाम । पुवाखोला बेलिब्रिजमा स्थायी प्रकृतिको क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय इलामले सवारी सञ्चालनमा कडाइ गरेको छ ।

प्रशासनले जरुरी सार्वजनिक सूचना जारी गर्दै पुलमा एक पटकमा एउटा मात्र सवारी साधन सञ्चालन गर्न र २० टनभन्दा बढी भारका सवारी साधन चलाउन रोक लगाएको हो ।

सडक डिभिजन इलामको पत्र र प्राविधिक टोलीको स्थलगत निरीक्षणबाट क्षमताभन्दा बढी भारका सवारी साधन तथा एकै पटक धेरै सवारी प्रवेश गर्दा पुलमा क्षति पुगेको देखिएको प्रशासनले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार एउटा सवारीले पुल पार नगरेसम्म अर्को सवारी प्रवेश गर्न पाइने छैन । यस्तै, पुलमा सवारीको गति प्रतिघण्टा १० किलोमिटरमा सीमित गरिएको छ ।

प्रशासनले जिल्लाका अन्य पुलमा पनि तोकिएको क्षमताभन्दा बढी भारका सवारी नचलाउन आग्रह गरेको छ । निर्देशन उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button