बाघको आक्रमणबाट बाजुरामा दुई महिला घाइते
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० सिगाडामा बाघको आक्रमणबाट दुई महिला घाइते हुनुभएको छ। बिहीबार बिहान करिब ९ बजे घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया खन्टि साउँद र ३५ वर्षीया बसु साउँद घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आक्रमणबाट खन्टी साउँदको बायाँ हातमा र बसु साउँदको दुवै खुट्टामा चोट लागेको छ। घाइते दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा प्रादेशिक अस्पताल पठाइएको र दुवैको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बाजुराकी प्रमुख शैलेश्वरी बोहराले बताउनुभयो ।
घटनास्थल साँफे मार्तडी राजमार्गको अस्थायी प्रहरी पोस्ट रिठाबजारबाट करिब ४ किलोमिटर दक्षिणमा पर्दछ।







प्रतिक्रिया राख्नुहोस्