दशौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटमा कर्णालीको पहिलो जीत
मुगु । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विधाहरूमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जीतसँगै उत्साहजनक शुरुवात गरेको छ । बिहीबार कालुन्चोक मैदानमा उद्घाटन खेलमा कर्णालीका विपिन रावल चम्किँदा सुदूरपश्चिमलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णालीले घरेलु दर्शकलाई पहिलो खुशी दिएको हो ।
१२८ रनको लक्ष्य पछ्याएको कर्णालीले विपिनले ३५ बलमा जोडेको महत्वपूर्ण ६० रनको योगदानमा १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रविन्द्रजंग शाहीले समान १३/१३ रन जोडेका थिए ।
टस हारे पनि पहिला ब्याटिङको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो । सुदूरलाई सुरुदेखि नै दबाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई(दुई विकेट लिए ।







प्रतिक्रिया राख्नुहोस्