एनपीएल : लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत
काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्नका लागि १५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल बनाएको हो ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले सुरुवातमा विकेट गुमाए पनि मध्यक्रम र तल्लो क्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ३१ बलमा ३ छक्का प्रहार गर्दै अविजित ३९ रन बनाएका हुन् । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए भने निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे ।
त्यसैगरी डार्सी शर्टले १८ बलमा २१ रन, अली शेखले १२ बलमा २४ रन तथा सन्दीप जोराले ५ बलमा ४ रन बनाए । रुबेन ट्रम्पेलम्यान २ बलमा ४ रन बनाउँदै अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट हात पारे । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।








प्रतिक्रिया राख्नुहोस्