तपाईँ सुन्दै हुनुहुन्छः

५४ दिनमा पोखरा–दुबई उडानबाट १४ हजारभन्दा बढी यात्रुले गरे यात्रा

कास्की ।  फ्लाई दुबईको पोखरा–दुबई नियमित उडानबाट ५४ दिनमा १४ हजार २ सय ६९ यात्रुले यात्रा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सेप्टेम्बर २३ देखि नोभेम्बर १५ सम्म दुबईबाट पोखरा ८ हजार ७ सय ५६ यात्रु आएका छन् भने पोखराबाट दुबई ५ हजार ५ सय १३ यात्रु बाहिरिएका छन् ।

आगमनतर्फ प्रस्थानभन्दा ३ हजार २ सय ४३ यात्रु बढिरहेका छन् । मौसम प्रतिकूलताका कारण सेप्टेम्बर २५ मा एक दिन उडान रद्द भए पनि बाँकी ५३ दिन नियमित उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

पोखरा–दुबई नियमित हवाई सम्पर्कले पोखराको पर्यटन तथा अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button